ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मतदाता शिक्षा सिकाउन १२६ स्वयंसेवक, १७ गतेसम्म हुनेछन् फिल्डमा

शुक्रबार ०१, फागुन २०८२ ०४:११

धनगढी । कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् सेवक खटाउन लागेको हो । 

यहाँ १२६ वटा वडा कार्यालयहरु रहेका छन् । प्रत्येक वडामा एक÷एक जना मतदाता शिक्षा स्वयम् सेवक खट्ने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चोधरीले जानकारी दिए । 

मतदातालाई मतदाता शिक्षा दिनका लागि स्वयम् सेवकले नमूना मतपत्र लिएर कार्यस्थलमा खट्ने जनाइएको छ । फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया