धनगढी । कैलालीको धनगढीमा तीन दिनसम्म भुवा पर्व मनाइने भएको छ ।
बाजुरेली सेवा समाज धनगढीले आइतबार पत्रकार सम्मेलन गर्दै जिल्लाको धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा भुवा पर्व मनाइने जानकारी दिएको हो ।
समाजका सचिव भरत केसीका अनुसार भुवा पर्व उत्सवका रुपमा मनाउने तयारी छ । उनका अनुसार भुवा प्रदर्शनीसंगै प्रतियोगिता पनि आयोजना गरिएको छ ।
प्रतियोगितामा कैलालीको चौमला, रामशिखरझाला, अत्तरिया, फुलबारी, सुर्मादेवी समाज धनगढी र बाजुरेली सेवा समाजको टिम सहभागिता हुने छ ।
सुदूरपश्चिमका बाजुरा, बझाङ, अछामलगायत जिल्लामा भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ । पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको हो ।
द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ ।
प्रतिक्रिया