कैलाली । जलवायु परिवर्तनका कारण महिला, बालबालिका र युवामा परेको प्रभावबारे कैलालीको धनगढीमा सुदूरपश्चिम संवाद भएको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुकको आयोजनामा सुरु भएको संवाद कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता छ ।
कार्यक्रममा सुदूरपश्चिममा जलवायु परिवर्तनबाट पुगिरहेको असरलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल भएको छ । पहिलो दिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका असरले मानवजीवन र विकास पूर्वाधारमा गम्भीर क्षति पुर्यारहेको बताइन् । उनले नेपालमा स्रोतको कमी नभए पनि उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा जलवायुको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै यसको असर र चुनौती न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तह सबै मिलेर काम गर्न आवश्यक रहेकामा जोड दिइन् ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि सरकारले जलवायु परिवर्तनको नीतिअनुरुप गरिरहेका गतिविधि म्बन्धमा सम्बोधन गरेका थिए । कार्यक्रम आजसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया