धनगढी । दुर्घटनामा मृत्यु भएका जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको सम्झनामा पुस १६ गते बाजुराको बडीमालिका नगरपालिकामा शोक बिदा दिइएको छ ।
कैलालीको धनगढीमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा बडीमालिका नगरपालिका–७ का खत्रीको मृत्यु भएको थियो ।
उनी बडीमालिका नगरपालिकाकै मार्तडी स्वास्थ्य चौकीका प्रमुख थिए । बडीमालिका नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका खत्रीको सम्झनामा पुस १६ गते पालिकाभर शोक बिदा दिएको जनाएको छ ।
नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको निधनले नगरपालिका परिवार अत्यन्तै दुखी र स्तब्ध भएको उल्लेख गरेको छ ।
प्रतिक्रिया