ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका जनप्रतिनिधि परशुराममा, दुई दिनसम्म ‘मेयर फोरम’

सोमबार १५, पुष २०८१ ०८:०६

धनगढी । ‘प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१’ आजदेखि सुरु हुँदै छ । डडेल्धुराको परशुराम नगरपालिकाको आयोजनामा परशुराम धाममा दुई दिने मेयर फोरम हुन लागेको हो । मेयर फोरमको विहान १० बजे सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उद्धघाटन गर्ने कार्यक्रम छ । 

परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार मेयर फोरममा सुदूरपश्चिम प्रदेशका उपमहानगरपालिका र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहनेछ । सुदूरपश्चिम प्रदेशका अवसर र चुनौतीको विषयमा छलफल सञ्चालनका लागि मेयर फोरमको आयोजना गरिएको जोशीले बताए ।

‘अवसर र चुनौतीका विषयमा छलफल चलाउँदै सहकार्यका रणनीति तय गर्ने हाम्रो उद्येश्य छ,’ उनले भने, ‘सम्मेलनले सुदूरपश्चिमका स्थानीय तहबीच समन्वयलाई सुदृढ गर्ने विश्वास छ ।’  सुदूरपश्चिमका स्थानीय तहबीच सहकार्य सुदृढ भए प्रदेश र केन्द्रमा आवाज उठाउन सहज हुने उनको भनाई छ । 

मेयर फोरममा विज्ञहरुको सहभागितामा पाँच वटा सेशन सञ्चालन हुने मेयर जोशीले जानकारी दिए ।
 

प्रतिक्रिया