धनगढी । विज्ञान र प्रविधिमा विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले धनगढीको चैतन्य पाठशालाले विद्यार्थी महोत्सव आयोजना गर्ने भएको छ ।
पाठशालाले विगतमा गर्दै आएको विज्ञान, प्रविधि, इञ्जिनियरिङ र म्याथमेटिक्स (स्टेम) फेयर, खेलकुद सप्ताहलाई यसवर्षदेखि चैतन्य विद्यार्थी महोत्सवको रुपमा मनाउने भएको हो । पाठशालाका अध्यक्ष गणेश जोशीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यही पौष २७ देखि माघ ५ गतेसम्म विद्यालय परिसरमै महोत्सव आयोजना गरिने बताए ।
महोत्सवमा ‘रक्तदान जीवनदानः मानव सेवाका लागि चैतन्य अभियान’ शुरु गर्ने अध्यक्ष जोशीले बताए । उनले विज्ञान प्रविधिको अन्वेशषण र प्रयोगात्मक परियोजनाको प्रयोग गरिनुका साथै कला, साहित्य, संस्कृति, रहनसहन, खानपान र मौलिकताको पहिचान र प्रदर्शनी गरिने बताए ।
रमाइलो खेल र विभिन्न महत्वपूर्ण खेलहरूको प्रतिस्पर्धा, आट्र्स एक्जिविशन, नृत्य, संगित र गायनको प्रतिस्पर्धा, चैतन्य गायन, चैतन्य नृत्य, चैतन्य ट्यालेन्ट हन्ट कम्पिटिशन, अभिभावकहरूबीच रमाइलो खेल र प्रतिस्पर्धात्मक खेल, रक्तदान, साइकल ¥याली, कलश यात्रा, समाज सेवा, पाठ्यपुस्तक र पाठ्यक्रम बाहिर विद्यार्थीरूको अन्तरनिहित क्षमताको पहिचान र प्रस्फुटनको लागि अवसरको सृजना, विज्ञान र प्रविधि अन्तर्गत विद्यार्थीद्वारा निर्मित आरसी प्लेन र ड्रोन उडाइने, स्टिम डिपार्टमेन्टका विद्यार्थीद्वारा निर्मित विज्ञान र प्रविधिको प्रदर्शनी, प्रभात फेरी, कलश यात्रा, सखिया नाच, ज्ञानवद्र्धक पुस्तक प्रदर्शनी, ट्रेकिङ, फायर क्याम्प, हर्ष राइडिङ, योग ध्यान, संस्कृत, फुड फेस्टिबल, मुदाय र सम्पदाहरुको सरसफाइ र सामुदायिक स्वास्थ्य जागरण महोत्सवको मुख्य क्रियाकलाप रहने अध्यक्ष जोशीले बताए ।
महोत्सवका लागि काठमाडौंको रातो बंगला लगायत प्रतिष्ठित विद्यालयहरुसंगको समन्वय भएको उनले बताए । पाठशालाले सोमबार नै नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखका नवनिर्वाचित पदाधिकारी तथा सदस्य बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया