धनगढी । कञ्चनपुरमा २५ लाखको सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाबाट भन्साल छली भारतबाट नेपाल भित्र्याइएको २५ लाख ५० हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।
मंगलबार बिहान ६ बजे मझगाउँ सशस्त्र सुरक्षा बेसबाट खटिएको टोलीले सूचनाका आधारमा सञ्चालन गरेको विशेष अभियानका क्रममा कपडा, चप्पल, र मोटरसाइकलका स्पेयर पार्ट्स बरामद गरेको हो ।
ती सामानहरू बेवारिसे अवस्थामा लुकाएर राखिएको अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया