काठमाडौं । यात्रुवाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ ।
सर्लाहीको बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गए राति बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको यात्री बस बजारिएको थियो ।
तीव्र गतिमा रहेको उक्त बस पल्टिएर तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।
प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया