धनगढी । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले आफ्नो ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजिएको बताएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?,’
एमालेबाट निष्कासित भएपछि रावलले आज पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् ।
प्रतिक्रिया