धनगढी । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा खनिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ओलीप्रति निकै आक्रामक देखिएका रावलले ओलीमाथि विभिन्न ७४ वटा आरोप लगाएका छन् ।
यस्तै, रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भएका छन् । देश र जनताको हकहित रक्षा गर्नका लागि उक्त अभियान सञ्चालन गर्ने रावलले बताए । उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।
प्रतिक्रिया