धनगढी । नेकपा (एमाले)का नेता कर्ण थापाले डा. भीम रावलसंगको यात्रा संयोग मात्रै भएका बताउका छन् । शुक्रबार बिहान रावल र थापा जहाजको एउटै सिटमा काठमाडौंबाट धनगढी आएका थिए । उक्त समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि थापाले उक्त यात्रा संयोग मात्रै भएको बताएका हुन् ।
‘भोलीदेखि बाजुरामा हुने नेकपा एमालेका पालिका अधिवेशनको लागि म काठमाडौंबाट श्रीएयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथि कक्षमा डा. भिम रावलसंग भेट भयो,’ उनले भनेका छन्, ‘संयाोगले सिट संगै प¥यो । जहाजको कुनै यात्रीले फोटा खिचेर सामाजिक सञ्जाला राखेछन् । डा. भीम रावल र मेरो आजको यात्रा संयोग मात्रै हो । यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुनेछ ।’
उनले रावल र आफ्नो बाटो पनि फरक भइरहेको बताएका छन् । ‘हामी हिजो एउटै पार्टीमा रहेर लामो सहयात्रामा रह्यौ । अब हामी आफ्नोआफ्नो बाटोमा हिडेका छौं । कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु,’ उनले भनेका छन् ।
प्रतिक्रिया