धनगढी । कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । शुक्रबार गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिकबाट सोही वडा बस्ने ३३ वर्षका ओकेन्द्र चौधरी १ ग्राम ३४० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नाकको दाहिने पट्टिको प्वालभित्र लुकाएर राखेको अवस्थामा खैरो हिरोइन फेला पारी पक्राउ गरेको जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।
प्रतिक्रिया