काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा पहल गरिदिन इजराइलसँग अनुरोध गरेका छन् ।
बुधबारबाट पार्टी कार्यालय सानेपामा नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले सम्मेलनमा सहभागी इजराइली राजदूत समुलिक एरी बासको ध्यानाकर्षण गराउँदै सो कुरा राखेका हुन् ।
उनले भने, 'इजराइलमा अहिले शान्ति प्रक्रिया सुरु भएको छ, हमासले कब्जामा राखेका विपिन जोशीलाई छुटाउने काममा पनि इजराइली राजदूतले मद्दत गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, मलाई आशा छ उहाँलाई छुटाउने काममा हामी सबै लाग्नेछौं ।'
प्रतिक्रिया