ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डीआइजी चन्दले भेटे मृतकका आफन्त, निस्पक्ष अनुसन्धान गर्ने प्रतिवद्धता

अछामका दुई किशोरी मृत्यु प्रकरण

बिहिबार १७, माघ २०८१ ०५:२२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआइजी० गणेश चन्द अछाममा मृत अवस्थामा फेला परेका दुई किशोरीको घर पुगेका छन् । यही माघ १२ गते ढकारी गाउँपालिका–१, स्थित छिन्ने ओडारको जंगलमा गोठालो गएका १५ वर्षीया सरस्वरी खड्का र १४ वर्षीया इश्वरा खड्का मृत अवस्थामा भेटिएका थिए । 

डीआइजी चन्द मृतक किशोरीका परिवारलाई भेट्न ढकारी–८, स्थित उनीहरुको घरमा पुगेका हुन् । उनले मृतकका आफन्तसँग घटनाबारे जानकारी लिएका छन् । पीडित परिवारलाई संयमित रहन रहन आग्रह गर्दै उनले अनुसन्धान कार्यमा सहयोग गर्न सरोकारवाला सबैमा आग्रह गरेका थिए । 

 दुई किशोरी मृत भेटिएका घटनामा जिल्ला प्रहरी कार्यालय अछाम, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट खटिएका प्रहरी कर्मचारीले अनुसन्धान गरिरहेका छन् । दुवै किशोरीको हत्या भएको भन्दै आफन्तले निस्पक्ष अनुसन्धानको माग गरिरहेका छन् । 

डीआईजी चन्दले अनुसन्धानमा नेपाल प्रहरीको दक्ष जनशक्ति परिचालन गरिएको बताउँदै प्रहरीका तर्फबाट कुनै कसर बाँकी नराखी अनुसन्धान गरिने प्रतिवद्धता जनाए । उनले घटनाका दोषी छिट्टै पत्ता लगाएर कानुनबमोजिम कारबाहीको दायरामा ल्याइनेमा मृतकका आफन्तलाई आश्वस्ता पारे । 

डीआइजी चन्दले अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुलाई घटनाको वस्तुगत र तथ्यपरक ढंगले सुक्ष्म रुपमा अनुसन्धन गर्न निर्देशनसमेत दिएका प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट शंकास्पद देखिएका दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धन भइरहेको कार्यालयले जनाएको छ । 

May be an image of 17 people and tree

प्रतिक्रिया