ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

परिषद्को नयाँ कार्यसमिति चयन गर्न मतदान जारी

शुक्रबार १८, माघ २०८१ ०३:५५

महेन्द्रनगर । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को प्रथम अधिवेशनअन्तर्गत नयाँ कार्य समिति चयनका लागि मतदान भइरहेको छ । आज बिहानबाट सुरु भएको मतदान अपराह्न चार बजेसम्म हुनेछ । जसअन्तर्गत सुदूरपश्चिममा कञ्चनपुरको महेन्द्रनगरमा निर्वाचन भइरहेको छ ।

यस निर्वाचनबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को एक उपाध्यक्ष, दुई जना महिला सदस्य, दुई जना खुला सदस्य र प्रत्येक प्रदेशबाट एक÷एक जना सदस्य गरी जम्मा १२ जना निर्वाचित हुनेछन् । 

उपाध्यक्ष पदका लागि काजीबहादुर श्रेष्ठ, लोकराज भुषाल र रामप्रसाद मेहताको बीचमा प्रतिस्पर्धा भइरहेको छ । त्यस्तै महिला सदस्यमा चिनाकुमारी लामा दिलमाया श्रेष्ठ, उमा बन्जाडे र गीता धमलाबीच प्रतिस्पर्धा भइरहेको छ । त्यस्तै खुला सदस्यतर्फ १२ जना उम्मेदवार छन् ।

प्रदेश सदस्यमा बागमती, कर्णाली र कोशी प्रदेशबाट तीन÷तीन जना, मधेश र गण्डकीबाट चार÷चार जना, तथा लुम्बिनी र सुदूरपश्चिमबाट दुई÷दुई जना चुनावी मैदानमा छन् । सुदूरपश्चिमबाट धनबहादुर चौधरी र लालबहादुर बोहराबीच प्रतिस्पर्धा भइरहेको हो । 

परिषद्को निर्वाचनमा हालसम्म दर्ता भएका १३ हजार १०३ जना दर्तावाल पशु स्वास्थ्य तथा पशु सेवा व्यासायी मतदाता रहेका छन् । सुदूरपश्चिम प्रदेशमा एक एक हजार ७८६ मतदाता रहेका छन् । 

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ बमोजिम परिषद्का १९ जना सदस्यमध्ये अध्यक्ष रजिष्ट्रारलगायत विश्व विद्यालय, सिटिइभिटी, नेपाल पशु चिकित्सा परिषद् तथा मन्त्रालयबाट प्रतिनिधित्व हुने अन्य पाँच जना सदस्यहरुको नियुक्ति नेपाल सरकारले गर्ने प्रावधान रहेको छ । परिषद्को निर्वाचनका लागि एक प्रदेशमा एक मतदान केन्द्र राखिएको छ ।     
 

प्रतिक्रिया