धनगढी । डोटीमा रोकिराखेको ट्र्याक्टर सडकबाट खसेको छ । शुक्रबार राति ९ बजेको समयमा दीपायल सिलगढी नगरपालिका-४ मटेलास्थित सडक किनारमा पार्किङ्ग गरिएको से२त ८७४३ नम्बरको खाली ट्र्याक्टर आफै ब्याक भई सडकबाट ५ मिटर तल खसेको प्रहरीले बताएको छ ।
ट्र्याक्टर सडकबाट खसेर भरत कठायतको कच्चि भान्साघरको छेउमा ठोक्किँदा सामान्य क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । अन्य मानवीय क्षति भने भएको छैन । घटनाबारे शनिबार मात्रै जानकारी गराइएको र प्रहरी टोली घटनास्थलमा खटिएको डोटी प्रहरीले बताएको छ ।
प्रतिक्रिया