ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली र कञ्चनपुरमा फरार रहेका चार जना पक्राउ

शनिबार १९, माघ २०८१ १२:३५

धनगढी । कैलाली र कञ्चनपुरमा चार फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीबाट दुनिया बादी फौजदारी विविध मुद्दामा १५ हजार रुपैयाँ जरिबाना तोकिई फरार रहेका धनगढी उपमहानगरपालिका१३ बस्ने ४१ वर्षका मोहन साउद शुक्रबार पक्राउ परेका हुन् । 

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरी सम्मानित जिल्ला अदालत कैलालीमा पेश गरेको जनाएको छ । 

त्यस्तै, कञ्चनपुरबाट शुक्रबार नै तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । २०६६ कार्तिक ३ गतेको फैसलाले लागुऔषध चरेस सम्बन्धी मुद्दामा २ हजार रुपैयाँ जरिबाना तोकिएका चाँदनी ७ बस्ने मानबहादुर चन्द, २०४९ वैशाख ३० गतेको फैसलाले अंशबण्डा सम्बन्धी मुद्धामा ६४८ रुपैयाँ जरिबाना तोकिएका चाँदनी ८ बस्ने गोपाल सुनार र गौरीराम सुनारलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया