ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते

शनिबार १९, माघ २०८१ १२:४४

धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् । शुक्रबार राति ८:३० बजेको समयमा गौरीगंगा नगरपालिका-१ पूर्वपश्चिम राजमार्गमा सुपप्र ०१०११ प ८८६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गौरीगंगा-१ का ६० वर्षीय रामबहादुर धामी घाइते भएका हुन् । 

उनको चौमालास्थित क्लिनिकमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । मोटरसाइकल चालक गौरीगंगा-४ का ४२ वर्षीय झलकबहादुर धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 
 

प्रतिक्रिया