ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

शनिबार १९, माघ २०८१ ०२:०९

नवलपरासी । मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत सरावल गाउँपालिका-१ सालबासमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००६ प ९८३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार रुपन्देही शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो ।

दुर्घटनामा अर्का युवक गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका–३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले बताए । उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया