ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

हाइस्कुल च्याम्पियनसिप : सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

शनिबार १९, माघ २०८१ ०२:४६

धनगढी । ई-प्लानेट नेशनल हाइस्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ । धनगढीस्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले विद्या भुषण पब्लिक स्कुललाई ३३ रनले पराजित गर्दै नेशनल हाइस्कुल च्याम्पियनसिपको लागि छनोट भएको हो । 

फाइनल खेलमा १०४ रनको लक्ष्य पछ्याएको विद्या भुषणले निर्धारित १० ओभर ब्याटिंग गरे तापनि ४ विकेट क्षतिमा ७० रन मात्र बनाउन सक्यो । विद्या भुषणको लागि नवीन शाहले सर्वाधिक २० रन बनाए, जुन क्रममा १७ बलमा ३ चौका प्रहार गरे । प्रशान्त मदाईले १६ तथा रोशन विक र विवेक दुवालले समान ११ रन बनाए । 

वेस्टर्न क्रिस्टलका बलर रोशन रावल, युनिक मल्ल र बिक्की सिंहले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिंग गरेको वेस्टर्न क्रिस्टल एकेडेमीले निर्धारित १० ओभरमा ४ विकेट क्षतिमा १०३ रन बनाएको थियो । 

वेस्टर्न क्रिस्टलको लागि ओपनर आरेश बोहराले सर्वाधिक ३७ रन बनाए । उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै चौंथो नम्बरमा ब्याटिंग गरेका दिपक कुडमालले मात्र १३ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाए । शंकर बोहराले ११ रन बनाए । विद्या भुषणका रोशन विकले २ तथा विवेक दुवाल र नवीन शाहले १/१ विकेट लिए । 

प्रतियोगिताको उत्कृस्ट खेलाडी शंकर बोहरा घोषित भए । बोहराले सेमिफाइनलमा ब्राइटवे पब्लिक स्कुलविरुद्ध शतक बनाएका थिए ।

सुदूरपश्चिम छनोटबाट विजेताको रुपमा वेस्टर्न क्रिस्टलले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया