काठमाडौँ । मङ्गलबार सुनको मूल्य १९ सयले बढेको छ । आज सुन तोलाको एक लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको हो । चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको एक हजार ९३० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया