धनगढी । मानवसेवा आश्रमले कैलालीकाे धनगढीमा आयाेजना गरेकाे महायज्ञमा एकैदिन पौने ५२ लाख दान संकलन भएको छ । बिहीबार ५१ लाख ७६ हजार रूपैयाँ दान संकलन संकलन भएकाे हो ।
महायज्ञमा बिहीबार एकैदिन छ जना दातहरूले भवनकाे एक काेठा निर्माणकाे लागि दान गरेका छन् । बुढीगंगा नगरपालिका बाजुराले भवनकाे एक काेठा निर्माण गर्ने प्रतिवद्धता जनाएकाे छ । धनगढी उपमहानगरपालिका-२ निवासी निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेटीले स्वर्गीय बुवा मदनसिंह सेटीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि छ लाख ५१ हजार एक सय १५ रूपैयाँ दान गरेका छन् ।
त्यस्तै उनकाे श्रीमती रमा स्वाँर सेटीले स्वर्गीय बुवाआमा तप्तबहादुर स्वाँर र सूर्यदेवी स्वाँरकाे स्मृतिमा एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार एक सय १५ रूपैयाँ दान गरेकी छिन् ।
धनगढी उपमहानगरपालिका- २ निवासी माया मेट्राे अस्पतालका सञ्चालक धिरेन्द्र साउँदले स्वर्गीय हजरबुवा दानबहादुर साउँद र हजुरआमा मिनादेवी साउँद तथा स्वर्गीय ठूलीआमा चम्पादेवी साउँदकाे स्मृतिमा महायज्ञमा छ लाख ५१ हजार एक सय १५ रूपैयाँ दान गरेका छन् । धनगढी उपमहानगरपालिका-४ निवासी पदम भण्डारीले स्वर्गीय बुवाआमा वीरबहादुर भण्डारी र लक्ष्मीदेवी भण्डारीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माण सहयाेगार्थ छ लाख ५१ हजार एक सय १५ रूपैयाँ दान गरेका छन् ।
यस्तै धनगढी उपमहानगरपालिका- ४ बसपार्क निवासी थिरबहादुर स्वाँर र शिल्पादेवी स्वाँरले भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार एक सय १५ रूपैयाँ प्रदान गरेका छन् । धनगढी उपमहानगरपालिका- ५ निवासी सिद्धराज भट्टले पनि भवनको एक काेठा निर्माणका लागि छ लाख ५१ हजार एक सय १५ रूपैयाँ महायज्ञमा दान गरेका छन् ।
त्यस्तै धनगढी उपमहानगरपालिका-३ निवासी साेम ढकाल र पद्मा ढकालले भवन निर्माणका लागि ५५ हजार पाँच सय ५५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-४ निवासी चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगतनाथ पनेरूकाे स्मृतिमा वृद्धभत्ताकाे रकमबाट ५१ हजार पाँच सय ५५, धनगढी उपमहानगरपालिका- ११ निवासी कृतिका उपाध्यायले पाँच हजार एक सय ५५ र उद्यमीशील आमा समूहले भवन निर्माण सेवाका लागि १५ हजार पाँच सय ५५ रूपैयाँ सहयोग गरेका छन् ।
महायज्ञमा आनन्द अग्रवालले ११ हजार रुपैयाँ, बालकुमारी बुढाथोकीले पाँच सय पाँच, बह्मलाल पौडेलले एक हजार एक, डम्बरबहादुर शाहीले एक हजार एक सय ५५, देवराज बिष्टले १५ हजार एक सय ५५, धुव्रराज ओझाले पाँच हजार एक, दिलबहादुर विश्वकर्मा छ सय ५५, गिता मल्लले १५ हजार पाँच, गोमा चौलागाइले सात हजार, हरिलाल खनालले एक हजार एक सय ५५, इन्द्रप्रसाद लेखकले पाँच हजार २५, कन्दकलाकुमारी रानाले ११ हजार, केदारनाथ पौडेल, खडकबहादुर धामी र कृष्णादेवी शाहीले तीन हजार तीन सय, ललिता जोशीले तीन हजार, लिलादेवी घिमिरेले एक हजार १०, महेन्द्रराज पन्तले एक लाख ११ हजार एक सय ११, मन्जु भट्टले १५ हजार, राजेन्द्रबहादुर साउँदले १५ हजार पाँच सय पाँच, शशी कुँवर फुयाल र महेश फुयालले २७ हजार पाँच, शिवपुरी उत्तर रामेश्वर ज्योतिलिङ्ग धाम व्यवस्थापन परिवार तथा नारी जागर समूहले ५१ हजार र सुशीलकुमार अग्रवालले एक लाख ५१ हजार रूपैयाँ दान गरेका छन् ।
मानवसेवा आश्रमको धनगढी शाखाकाे २०७५ साल मंसिर १ गते धनगढी -५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेकाे थियो । धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले पशुपति टोलमा महायज्ञ लगाएको छ ।
प्रतिक्रिया