ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु, चालक फरार

सोमबार २८, माघ २०८१ ०८:४८

धनगढी । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका- ८ कलकत्ताको ज्ञान साधन बोर्डिङ स्कुलको बसले बेलडाँडी गाँउपालिका- ३ खैरिघाटका दुई वर्षीय नाबालक सुशान्त कुँवरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बरदत्त भट्टका अनुसार आइतबार साँझ विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो । 

`सुपप्र ०१-००१ ख ३६१० नम्बरको बस इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा छ,´ उनले भने, `बस चालक फरार छन् । खोजी कार्य भइरहेको छ ।´

प्रतिक्रिया