ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा २० रुपैयाँमै पेटभरि खाना

बुधबार १४, फागुन २०८१ ०५:३४

धनगढी । श्री ऋषिकेश ठीप धर्म संरक्षण सम्बद्र्धन समिति धनगढीले बसपार्कस्थित गोलमार्केटमा २० रुपैयाँमै एक छाक खाना खुवाउने श्रीप्रसादम् शुरु गरेको छ ।

महाशिवरात्रीको अवसर पारेर बुधबार सदगरु श्री श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरीले सो सेवा समुद्घाटन गरेका हुन् । पीठका उपाध्यक्ष शंकर धामीले महंगीको जवानामा कोही पनि भोकै नहुन् भन्ने उद्देश्यका साथ २० रुपैयाँमै एक छाक खाता खुवाउने श्रीप्रसादम् शुरु गरिएको बताए । उनले हरेक दिन बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खाना खुवाइने बताए ।

श्रीप्रसादम्मा गई जो सुकै व्यक्तिले २० रुपैयाँतिरेर पेटभरि शुद्ध शाकाहारी खाना खान सक्ने पीठले जनाएको छ । कसैले पनि भोकै रहन नपरोस् र कसैले पनि निःशुल्क खाना खाएको महसुस नगरोस् भन्ने उद्देश्यका साथ २० रुपैयाँ शुल्क निर्धारण गरिएको सदगुरु गिरीले बताए । सो खाना खुवाउनका लागि दाताहरुको नगद र जिन्सी दानबाट स्रोत व्यवस्थापन गरिरहेको उपाध्यक्ष धामीले बताए ।
 

प्रतिक्रिया