ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा  युवतीको मृत्यु

बिहिबार १५, फागुन २०८१ १०:३९

धनगढी । कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा बिहीबार बिहान बा ०१–००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि सवार भीमदत्त नगरपालिका–१८ बस्ने २१ वर्षीया निर्मला बोहराको मृत्यु भएको हो । उनकाअनुसार मोटरसाइकल चालक ३० वर्षीय महिमान बिष्ट पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।

प्रतिक्रिया