धनगढी । डोटी र डडेल्धुरा जिल्लाको भूभाग भएर बग्ने रंगुन नदीअन्र्तगत जलाधार क्षेत्रको संरक्षण, सम्वद्र्धन र दीगो व्यवस्थापन गर्न ‘रंगुन जलाधारस्तरीय जल सुशासन समितिको एकिकृत कार्यविधि २०८१’ जारी गर्दै कार्यान्वयन गर्न स्थानीय तह सहमत भएका छनन् । डडेल्धुराको परशुराम नगरपालिका, आलिताल गाउँपालिका र डोटीको जोरायल गाउँपालिका उक्त कार्यविधि कार्यान्वयन गर्न सहमत भएका हुन् । यस्तै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको कार्यालयले आयोजना गरेको जलाधार सुशासन समितिको तेश्रो बैठकबाट कार्यविधि पारित भएको छ ।
रंगुन जलाधार क्षेत्रको संरक्षण र विकास गर्न, जल सम्बन्धी विवाद समाधान, पानी मुहानको संरक्षण, सिंचाई तथा जलाधार व्यवस्थापन, नदी र यसका जलाधार क्षेत्रको वातावरण स्वच्छता, वृक्षारोपण, सरसफाइ, फोहोरमैला व्यवस्थापन अभियान संचालन र नदीजन्य पदार्थहरुको उत्खनन व्यवस्थापन जस्ता पक्षहरुको व्यवस्थापन गर्न यो कार्यविधि तयार गरिएइको परशुराम नगरपालिकाका नगर प्रमुख एवं जलाधार व्यवस्थापन समितिका अध्यक्ष भरत बडायर जोशीले जानकारी दिए । यसका साथै सार्वजनिक पूर्वाधारको निर्माणका क्रममा रंगुन जलाधार क्षेत्रको प्राकृतिक श्रोतको संरक्षणका लागि दिगो विकासको अवधारणामा सबै पालिकाको ऐक्यवद्धता रहेको उनले बताए ।
तीन वटै स्थानीय तहअन्र्तगत ११ सदस्यीय सुशासन समिति, सल्लाहकार समिति, आवश्यकताअनुसार प्रत्येक चार महिनामा बैठक गर्ने तथा तीन वटै स्थानीय तहले पालैपालो अध्यक्षता गर्ने विषय उक्त कार्यविधिमा उल्लेख गरिएको छ । आगामी दिनमा रंगुन जलाधार सम्बन्धी कुनै कार्य गर्न आवश्यक परेमा सहकार्यसहित संगै मिलेर काम गर्ने सम्बन्धमा प्रतिबद्ध रहेको साझेदार संस्था रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदले बताए । रंगुन जलाधार क्षेत्रअन्र्तगत स्थानीय तहसंगको समन्वय र सहकार्यमा अक्सफाम र रुडुकले संचालन गरेको जलाधार व्यवस्थापन परियोजनाले आवश्यक सहिजकरण सहयोग गरिरहेको छ ।
कार्यक्रममा जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुनादेवी बोहरा, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, आलिताल गाउपालिकाका तथा परशुराम नगरपालिकाका वडा अध्यक्ष, गैर सरकारी संस्था, नागरीक समाज, जलाधार क्षेत्र अन्र्तगतका विभिन्न खानेपानी, सामुदायिक वन, सिंचाई समितिका प्रतिनिधिहरु, पानी तथा जलाधारको क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरु, अक्सफाम, रुडुक र इमीको सहभागितामा रहेको थियो ।
प्रतिक्रिया