अत्तरिया । अत्तरिया साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीको निधन भएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।
गोदावरी नगरपालिका – ४ निवासी जोशी अचानक अचेत भएपछि सेती अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बोलचाल गर्न थालेका जोशीको राति साढे १२ बजे निधन भएको हो ।
अत्तरियामा लामो समयदेखि सामाजिक कार्यमा सक्रिय जोशी नेपाली काङ्ग्रेस कैलालीका नेता पनि हुन् ।
प्रतिक्रिया