ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा आठ दिनअघि जंगल हिँडेका वृद्ध मृत फेला

शुक्रबार १६, फागुन २०८१ १०:३८

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१ इयरकोटका विरभान सिंह महता मृत फेला परेका छन् । फागुन ६ गते निगालो काट्न जंगल गएका ७६ वर्षीय महता घर नफर्किएपछि आफन्तले खोजी गरिरहेका थिए । बुधबार स्थानीय सत्याडी भीरमा उनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन ६ गते निगालोको चोया निकाल्न भन्दै उनी घरबाट जंगल हिँडेका थिए । धेरै दिनसम्म पनि उनी घर नफर्किएपछि आफन्तले खोजी गरिदिन भन्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयले खोज्ने क्रममा बुधबार उनको शव भीरमा फेला परेको हो । 

प्रतिक्रिया