ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा नेगी

आइतबार १८, फागुन २०८१ ०७:४०

धनगढी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा नरबहादुर नेगी निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न संघको १६औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्ष नेगीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन गरेको हो । 

संघको वरिष्ठ उपाध्यक्षमा निमप्रसाद मिश्र, उपाध्यक्षमा विव्कानन्द ठाकुर, सचिवमा कृष्णप्रसाद पण्डित र कोषाध्यक्षमा घनश्याम ओझा निर्विरोध चयन भएका छन् ।

त्यस्तै संघको सदस्यहरूमा वासुदेव रेग्मी, गौविन्दप्रसाद अवस्थी, अनिल झा, इशु आचार्य र पुष्पा ऐरी निर्वाचित भएको निर्वाचन अधिकृत मोहन भण्डारीले बताए । यसअघि निवर्तमान अध्यक्ष भीम पडालको अध्यक्षतामा भएको संघको साधारण सभाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया