ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अस्ताइन् सामाजिक सञ्जालमा भाइरल बाजुराकी राधिका

आइतबार १८, फागुन २०८१ ०१:३२

काठमाडौं ।  सामाजिक सञ्जालमा मौलिक गीत गाएर भाइरल बनेकी राधिका बादीको निधन भएको छ । ४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४ थिरपुमा निधन भएको हो ।

कालिकोट प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन् । उनको आइतबार बिहान मृत्यु भएको हो । 

राधिका बादी र उनका श्रीमान् जोगेन्द्र बादी बाजुराको बडिमालिका नगरपालिका–२ का बासिन्दा हुन् । यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो । 

राधिकाको पहिलो घर बझाङमा भए पनि जोगेन्द्रसँग दोस्रो विवाहपछि उनी बाजुरामा बस्दै आएकी थिइन् । 

प्रतिक्रिया