डडेल्धुरा । डडेल्धुरामा १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन् ।
जिल्लाको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भएपनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी सम्बन्धी उजुरी दिएको प्रहरीले जनाएको छ । भोजबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया