ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दुर्घटनामा अस्ताए सुदूरपश्चिमका सभामुख भण्डारीका पीएसओ बोहरा

सोमबार १९, फागुन २०८१ ०१:२४

धनगढी । कैलालीमा सवारी दुर्घटना हुँदा एकजना प्रहरी नायब निरीक्षक (सई )को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३४ वर्षीय सई योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटना हुँदा मृत्यु भएको हो ।

उनी सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका– २ मा बोहरा सवार सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना भएको थियो ।

‘सोमबार बिहान साढे ११ बजे स्कुटर आफैँ अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा बोहरा गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक खड्काले भने, ‘उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा सवा १२ बजे बोहराको निधन भएको छ ।’

प्रहरी नायक निरीक्षक बोहराको घर बझाङको मष्टा गाउँपालिका –७ हो । 

प्रतिक्रिया