ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कर्णालीको नदीजन्य स्रोतको उपयोग र संरक्षणका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

बुधबार २१, फागुन २०८१ १०:१४

धनगढी । कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग र संरक्षणका लागि सुझाव समितिले प्रतिवेदन बुझाएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई समितिले प्रतिवेदन बुझाएको हो । 

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीस्तरीय दोस्रो संयुक्त बैठकबाट उक्त समिति गठन गरिएको थियो । समितिले अध्ययन तथा परामर्शपछि तयार पारेको प्रतिवेदन मुख्यमन्त्री शाहसमक्ष बुझाइएको हो ।

प्रतिवेदनमा कर्णाली नदीका स्रोतहरूको दिगो व्यवस्थापन, संरक्षण तथा दुवै प्रदेशको समृद्धिमा योगदान पुर्‍याउने नीतिहरू समेटिएको बताइएको छ । नदीजन्य स्रोतको प्रभावकारी उपयोग, वातावरणीय सन्तुलन तथा स्थानीय समुदायको हितलाई ध्यानमा राख्दै प्रतिवेदन तयार पारिएको समितिले जनाएको छ ।
 

प्रतिक्रिया