ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पीएम कपका लागि सुदूरपश्चिम प्रदेशको टिम घोषणा

शनिबार २४, फागुन २०८१ ०१:५२

धनगढी । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप)का लागि सुदूरपश्चिम प्रदेशको टिम घोषणा भएको छ ।

आइतबारदेखि सुरु हुने पीएम कपका नारायण जोशीको कप्तानीमा टोली घोषणा भएको हो । टोलीमा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुशील चन्द, शौर्य श्रेष्ठ,  भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन बिक छन् ।

त्यस्तै वैकल्पिक खेलाडीमा हिक्मत महरा, बसन्त खत्री, सचिन भट्ट र गजेन्द्र भण्डारी छन् । प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन् । पीएम कप यसपटक लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा हुँदैछ ।
 

प्रतिक्रिया