आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र न्युजिल्याण्डबीच आज हुँदै छ । यो खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।
भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेर फाइनल यात्रा तय गरेका हुन् । यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो ।
सन् १९९८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले भारतलाई हराएर जितेको थियो । अब २५ वर्षपछि न्युजिल्याण्डलाई इतिहास दोहोर्याउने र भारतलाई बदला लिने अवसर छ ।
भारत र न्युजिल्याण्ड आईसीसी क्रिकेट विश्वकप र च्याम्पियन्स ट्रफी गरेर कुल १३ पटक आमनेसामने भएका छन् । जसमा भारत र न्युजिल्याण्ड समान ६ खेलमा विजयी हुँदा एक खेल बराबरी भएको थियो ।
प्रतिक्रिया