ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

उपनिर्वाचन : सुदूरपश्चिमका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

शुक्रबार १४, मङि्सर २०८१ १२:२१

धनगढी । उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार उपनिर्वाचन हुने एउटा गाउँपालिका र चार वटा वडामा निर्वाचन सामाग्रीसहित कर्मचारी खटाइएको हो । 

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–३, दार्चुलाको दुहुँ गाउँपालिका–५, र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि उपनिर्वाचन भइरहेको हो ।

‘कर्मचारी परिचालन भएर मतदान केन्द्रमा पुगिसक्नुभएको छ,’ उनले भने, ‘आजदेखि बुथ निर्माणको कार्य पनि हुन्छ ।’ उपनिर्वाचन हुन लागेका पाँच वटै ठाउँमा २२ वटा मतदान केन्द्र र १० वटा मतदा स्थल तोकिएका छन् । पाँच पदका लागि २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
 

प्रतिक्रिया