ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेशसभाकाे अधिवेशन अन्त्य

मङ्गलबार २६, चैत २०८१ ०९:००

धनगढी । प्रतिपक्षी दलहरूले सदल चल्न नदिएपछि सुदूरपश्चिमका प्रदेशसभाकाे पाँचौ अधिवेशन अन्त्य गरिएको छ । साेमबार बसेकाे प्रदेश मन्त्रीपरिषद्काे बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रमुख प्रमुखलाई सिफारिस गरेकाे थियो ।

प्रदेश प्रमुख नजिर मियाँले साेमबार राति १२ बजेदेखि लागू हुनेगरी संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेकाे प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

२७ साउन २०८१ मा प्रदेश प्रमुखले सभाकाे पाँचौ अधिवेशन आह्वान गरेका थिए ।

सुदूरपश्चिममा प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले निरन्तर रुपमा प्रदेशसभा बैठकमा विरोध गर्दा बैठक चल्न सकेको थिएन । उनीहरूले प्रदेश सरकारले फजुल खर्च बढाएको, अनावश्यक नियुक्ति गरेको आरोप लगाउदै आएका थिए ।

यस्तै,  दिगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि बनाउन आर्थिक चलखेल गर्ने अडियो सार्वजनिक भएपछि प्रतिपक्षी दलहरूले उच्चस्तरीय छानबिनको पनि माग गर्दै आएका थिए । 

प्रतिक्रिया