ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दुर्गालक्ष्मीमा नेविसंघको प्यानल नै विजयी

बिहिबार २८, चैत २०८१ ०९:४७

धनगढी । कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सभापतिमा नेविसंघका भुवन महरा विजयी भएका छन् । महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतीमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी सयुक्त अखिल प्यानलका बमबहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरेका छन् । सचिवमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अखिल सयुक्तका गणेशनाथ योगीले ३२६ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याउँदै निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी अखिल सयुक्तकी दिपिका जोशीले ३५१ मत प्राप्त गरिन् । सदस्य पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मीमा नेविसंघविरुद्ध सबै गठबन्धन एक भएर चुनाव लडेका थिए ।

प्रतिक्रिया