ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुराको त्रिवेणीमा तीन युवाको हंगामा !

बिहिबार २८, चैत २०८१ ०५:१२

बाजुरा । बुधबार बाजुराको त्रिवेणी नगरपालिकाको कार्यालयमा पुुगेका स्थानीय हिमाल बुढा, खेमराज सार्की र सुशील सार्कीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीयको उपद्रो शैलीमा खोजी गरेका थिए । 

ती युवाहरुले ‘जनप्रतिनिधि हराएको सूचना, नगर प्रमुख खै ?,  उपप्रमुख खै ?’ लेखेका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । तर, प्रमुख लगायत पदाधिकारीहरु कुन काममा कार्यालयबाहिर रहेको भन्ने बुझ्दै नबुझी हंगामा मच्चाएको सुनेर सम्बन्धित पदाधिकारीहरु अचम्मित भएको बताउ“छन् । ‘प्रमुख, उपप्रमुख के काममा बाहिर छन् भन्नेसम्मको हेक्का नराख्ने वा नबुझेर जथाभावी हंगामा गरेको देख्दा अचम्म लागेको छ,’ नगर उपप्रमुख कमला कुमारी जैशी न्यौपानेले भनिन्, ‘कुरा बुझेर टिप्पणी गरेको भए पनि सुहाउने थियो । जथाभावी गरेका छन् । हामी त नगरपालिकाकै काममा थियौं ।’

ती युवाहरु कार्यालयमा आएका बेला नगरप्रमुख कर्णबहादुर थापा बडीमालिकामा नेपाली सेनाले निर्माण गर्न लागेको मन्दिर शिलान्यास गर्न गएका थिए । नेपाली सेनाका प्रधान सेनापतिसहित नगरप्रमुख थापाले बडीमालिका मन्दिर शिलान्यास गरेका छन् । 

यस्तै उपप्रमुख जैशी महिला आयोगद्धारा सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्षका लागि बुधबार आयोजना गरेको न्यायिक समितिका पदायिधकारीहरुको बैठकका लागि धनगढीमा गएकी थिइन् ।  

यस्तै, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीप्रसाद शाह सुदूरपश्चिम प्रदेश सरकारको निमन्त्रणामा धनगढीमा आयोजित लगानी सम्मेलनको तयारी बैठकमा सहभागी हुन धनगढी गएका थिए । कार्यक्रम बिहीबार सम्पन्न भएको छ । लगानी सम्मेलन तयारीका क्रममा प्रदेश सरकारले ८८ वटै स्थानीय तहलाई छलफल बैठकका लागि धनगढी बोलाएको थियो ।    

नगरप्रवक्ता मीनबहादुर भण्डारीले ती युवाहरुले गुण्डागर्दी शैलीको व्यवहार गरेको बताए । ‘कार्यालयमा अन्य जनप्रतिनिधिहरु पनि आइनसकेको मौका छोपेर कर्मचारीमाथि हप्कीदप्की गरेका रहेछन्,’ प्रवक्ता भण्डारीले भनेका छन्, ‘घटनाको छानबिन गरी संलग्नमाथि कारबाही हुनुपर्दछ ।’

यता, युवाहरुले भने स्थानीय सरकारबाट प्रभावकारी सेवा उपलब्ध गराउनुको सट्टा प्रमुख जनप्रतिनिधि र कर्मचारी कार्यालयमा उपस्थित नभएपछि विरोध गरेको बताएका छन् । 

प्रतिक्रिया