ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम लोकसेवा आयोगले खोल्यो विज्ञापन, कुन पदमा कति माग ?

आइतबार ३१, चैत २०८१ १०:३६

धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाएको हो । 

आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि दुई जना र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि तीन जनाका लागि विज्ञापन खोलेको छ । 

यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ एक जनाका लागि विज्ञापन खुलेको छ ।

यसैगरी आन्तरिक प्रतिस्पर्धा, अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनका लागि अधिकृत सातौं अप्राविधिक पदका लागि ३९ पदमा विज्ञापन खुलेको छ । यसैगरी प्राविधिकतर्फ आठ जनाका लागि विज्ञापन खुलेको छ ।

आयोगका अनुसार दरखास्त दिने म्याद २०८१ वैशाख २० गतेसम्म । दोब्बर दस्तुर तिरेर बैशाख २७ गतेसम्म दरखास्त बुझाउन सकिने छ ।


 

प्रतिक्रिया