धनगढी । बाजुरेली सेवा समाजको अध्यक्षमा भरतबहादुर केसी निर्विरोध चयन भएका छन् । समाजको सातौ साधारणसभा तथा अधिवेशनबाट केसी अध्यक्षमा चयन भएक हुन् ।
समितिको वरिष्ठ उपाध्यक्ष रामचन्द्र जोशी ,उपाध्यक्षमा संग्राम थापा, सचिवमा हर्कबहादुर ओली, सहसचिवमा गगन अयडी, कोषाध्यक्षमा कपुरराज गिरी, सहकोषाध्यक्ष दयाराम पाध्याय चयन भएका छन् ।
यस्तै, सदस्यमा महेन्द्रबहादुर साउद, चेतराज रेग्मी, झलक नाथ, जयबहादुर बिष्ट, बिनोद थापा, ऐनबहादुर शाही, मनमति अयडी । विरबहादुर सुनार चयन भएका छन् ।
प्रतिक्रिया