बाजुरा । बाजुराका बाढीपहिरो तथा भूकम्पपीडितले पाँच वर्षपछि तेस्रो किस्ता पाउने भएका छन् । बाढीपहिरो तथा भूकम्पबाट प्रभावित भएकालाई स्थानीय तहले १० प्रतिशत, प्रदेशले ३० र संघीय सरकारले ६० प्रतिशत रकम दिने निर्णय भएको थियो ।
आर्थिक वर्ष २०७७–७८ सालदेखि उनीहरूले तेस्रो किस्ता रकम पाएका थिएनन् । पहिलो किस्ता ५० हजार र दोस्रो दुई लाख ५० हजार रकम पाए पनि उनीहरूले तेस्रो किस्ता रकम पाएका थिएनन् ।
बल्ल पीडितले तेस्रो किस्ता रकम पाउने भएका हुन् । बाजुराका ५३८ जना बाढीपहिरोपीडित घरपरिवारले छ करोड १३ लाख सत्तरी हजार रुपैयाँ तेस्रो किस्ताबापत रकम पाउने भएका छन् ।
भूकम्पपीडितको घरबासका लागि नौ वटै पालिकाको खातामा रकम राखिदिएको छ भने बाढीपहिरोपीडितलाई वैशाख १० गते उनीहरूकै खातामा रकम राखिदिने तयारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया