ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा एक युवती मृत फेला

आइतबार १४, बैशाख २०८२ ०२:०८

बझाङ । बझाङमा एक युवती मृत फेला परेकी छिन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक युवतीको शव फेला परेको हो । 

शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ । थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन् । 

परिवारजनले खोजतलास गर्दा आज बिहान नानीगाडको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया