धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ सवार गाडी भारतमा दुर्घटनामा परेको छ । भारतको खिरी जिल्लाको खुटारमा दुर्घटना हुँदा शाहसहित छ जना घाइते भएका छन् ।
अन्य घाइते पनि शाहकै परिवारका सदस्य रहेको बताइएको छ । शाहसहित तीन जनालाई थप उपचारका लागि शाहजहाँपुर लगिएको छ भने अन्य तीन जनालाई धनगढी ल्याइदै छ । शाहको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
महामन्त्री शाह परिवारका सदस्यसहित धनगढीबाट दिल्ली जाँदै गर्दा गाडी बससंग ठोक्किएर दुर्घटना भएको हो ।
प्रतिक्रिया