ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा कार्यरत छ जना एसपीको सरुवा, को कहाँ ?

मङ्गलबार १६, बैशाख २०८२ ११:२९

धनगढी । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको सोमबारको बैठकले ६३ जना एसपीको सरुवा गरेको हो । 
सोही क्रममा सुदूरपश्चिममा कार्यरत छ जना एसपीको पनि सरुवा भएको छ । कैलाली र कञ्चनपुर जिल्लामा नयाँँ प्रहरी प्रमुख आउने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एसपी पदमबहादुर बिष्टको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा भएको छ । उनको स्थानमा बालनरसिंह राणा आउने भएका छन् । उनी नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा काभ्रेबाट कैलाली सरुवा भएका हुन् । 

नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत खडकबहादुर खत्रीको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सरुवा भएको छ । उनको स्थानमा नेपाल प्रहरी प्रदेश कार्यालय विरगञ्जबाट रामप्रकाश शाह आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुका एसपी चक्रराज जोशीको भने जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा कार्यरत एसपी नविनकृष्ण भण्डारीको गण्डकी प्रदेश प्रहरी गण कास्की सरुवा भएको छ । उनको स्थानमा ऋषिराम कँडेलको सरुवा भएकोमा उनलाई काजमा प्रहरी प्रधान कार्यालयमा पठाइएको छ । 

नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा कञ्चनपुरमा कार्यरत एसपी प्रेमबहादुर शाहीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया सरुवा भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका एसपी राजिवबहादुर बस्नेतको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा भएको छ । 
 

प्रतिक्रिया