धनगढी । सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका बिरामीले मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहको अस्पताल भवनबाट हाम फालेर मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले दिउँसो २ बजे अस्पताल भवनबाट हाम फालेर गम्भीर घाइते भएका सिंहको उपचारकै क्रममा मृत्यु भएको बताए ।
मृगौला पीडित सिंह डायलासिसका लागि सोमबार प्रादेशिक अस्पतालमा आएका थिए । सूचना अधिकारी श्रेष्ठका अनुसार सोमबार उनको डायलासिस पनि भएको थियो ।
‘चिकित्सकको सल्लाहअनुसार उनलाई सोमबार नै मेडिकल वार्डमा भर्ना गरिएको थियो,’ उनले भने, ‘उनीसंगै सिंहकी श्रीमती इश्वरीदेवी कुरुवा बसेकी थिइन् ।’
प्रतिक्रिया