धनगढी । लेखक तथा निर्देशक विवेक पाण्डेले सन् २०१८ मा एउटा आइडिया बाट सुरु गरेको फिल्मको स्क्रिप्ट तयार हुन छ वर्ष लागेको छ । हालसम्म ४४ वटा ड्राफ्ट परिवर्तन गरी अन्तिम स्क्रिप्ट तयार गरिएको पाण्डेले जानकारी दिए ।
फिल्म निर्देशनमा स्नातक अध्ययन सम्पन्न गरेका पाण्डेको निर्देशनमा बन्ने यो फिल्म मध्यम बजेटको हुनेछ । फिल्मको कलाकार छनोट आगामी असारको पहिलो साताबाट सुरु हुने जानकारी निर्माण टिमले दिएको छ । फिल्मलाई रुपेश थापाले छायांकन गर्ने छन् ।
उक्त फिल्मको पाण्डेसँगै किशोर भट्टले समेत सहलेखन गरेका छन् । किशोर भट्ट सहनिर्देशक तथा कास्टिङ निर्देशकको भूमिकामा पनि रहनेछन् ।
फिल्मको पहिलो टाइटल घोषणा चाँडै गरिने बताइएको छ । निर्देशक पाण्डेका अनुसार फिल्मको ९० प्रतिशत कलाकार नयाँ अनुहार हुनेछन् ।
जानकी देवी प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ भदौ १५ गतेबाट सुरु हुने छ । यसअघि पाण्डेले अमेरिका ब्वाइज र लप्पन छप्पन २ मा फिल्म लेखकको रूपमा काम गरेका छन् ।
प्रतिक्रिया