ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा युवक मृत फेला, हत्याकाे आशंका

बुधबार १७, बैशाख २०८२ १२:२५

धनगढी । कञ्चनपुरको लालझाडी एक युवक मृत फेला परेका छन् । बुधबार बिहान लालझाडी गाँउपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर राना मृत फेला परेका हुन् ।

राना घर नजिकै मोटरघाट सडक छेउमै मृत फेला परेकोे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार साइकलसहित राना मृत भेटिएका छन् ।  

मृतक राना परिवारले निधारमा घाउ भएकाले कसैले कुटपिट वा हत्या गरेको भन्दै निष्पक्ष छानबिनको माग अघि सारेका छन् । मंगलबार साँझ राना खाना खाएर घरबाट साइकल समातेर निस्किएका थिए । मृत भेटिएको स्थानमा साइकलसहित उनको माथिल्लो शरिरको कपडा थिएन । 

प्रतिक्रिया