कैलाली । कैलालीमा आफ्नै भाउजुमाथि जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–२ को साडेपानीमा २७ वर्षीया भाउजुमाथि जबरजस्तीकरणी गर्न खोज्ने २२ वर्षका देवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सुखडको टोलीले ती युवकलाई पक्राउ गरेको हो ।
युवकले घरमै ढोका थुनेर भाउजुमाथि करणीको प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया