ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटामा तत्काल विश्वविद्यालय सञ्चालन गर्न एकीकृत समाजवादी सुदूरपश्चिमको माग

शुक्रबार १९, बैशाख २०८२ ०५:२९

धनगढी । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमले विभिन्न माग राख्दै सुदूरपश्चिम सरकारलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइचार्ज दीर्घ सोडारीको नेतृत्वमा एकीकृत समाजवादीले २१ बँुदे माग राख्दै कार्यवाहक मुख्यमन्त्री बहादुरसिंह थापालाई ज्ञापनपत्र बुझाएको हो । 

केन्द्रीय निर्देशनअनुसार ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । 

सुदूरपश्चिम प्रदेशका समस्या, बस्तुस्थिति, बाटो, बिजुली, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, रोजगार, सुशासन, पारदर्शीता, जबाफदेहिता लगायतका विषयहरू ज्ञापनपत्रमा समेटिएको प्रदेश सचिव सुरेन्द्रमान कार्कीले जानकारी दिए । 

कैलालीको गेटामा तत्काल मेडिकल विश्वविद्यालय सञ्चालनको माग पनि गरिएको छ । ज्ञापनपत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री बहादुरसिंह थापाले ज्ञापनपत्रमा समेटीएका जायज मागहरु सरकारले सम्बोधन गर्ने बताए । उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमीटीका सदस्य र कैलालीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया